काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले संस्थापन पक्षको महाधिवेशन पूर्वसभापति देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ ।
संस्थापन पक्षले उद्घाटन देउवाबाट गराउने प्रयास रहने बताइरहँदा देउवा पक्षका नेता डा. प्रकाशशरण महतले देउवाले उद्घाटन गर्ने कुनै सम्भावना रहेको स्पष्ट पारेका हुन् ।
संस्थापन पक्षले महाधिवेशन उद्घाटन गर्न देउवा आउने भनेर झुटो प्रचार गरिरहेका महतको भनाइ छ । महतले भने, ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न।’
सहमतिको लागि १५ औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले नमानेको उनले आरोप लगाए। देउवा पक्षले पनि महाधिवेशनका लागि समानान्तर गतिविधी गरिरहेको छ ।











प्रतिक्रिया