२८ आश्विन २०८३, बुधबार

सुजुकीको दशैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, शून्य ब्याजमा ईएमआई सुविधा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन् ।

देशभर लागू हुने यो योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधा समेत लिन सक्नेछन् । शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुविधा सम्बन्धित योजनाका सर्तहरूमा आधारित हुनेछ । यो योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ । जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन् ।

कम्पनीका अनुसार चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्दा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता दिने उद्देश्यले योजना ल्याइएको हो ।

‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ । ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन् ।

सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी तथा एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

कम्पनीले चाडपर्वको अवधिभर योजनाअन्तर्गत उपलब्ध सुविधाको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ ।