२८ आश्विन २०८३, बुधबार

बाढीपहिरो मृतकका परिवारलाई राहत र किरिया खर्चसहित १ लाख २५ हजार दिने गण्डकी सरकारको निर्णय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दी लगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।

बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उनले बताए ।

बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।