२८ आश्विन २०८३, बुधबार

जंगलमा प्रहरी जवान मृत फेला

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । घटनाअघि उनले झुन्डिन लागेको तस्वीर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ ।

श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो ।

खोजीका क्रममा उनी मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।