२९ आश्विन २०८३, बिहिबार

‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य थाइल्याण्ड उडेका छन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्न ‘मिस्टर ग्लोबल नेपाल’ शाक्य सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्यान्ड प्रस्थान गरेका हुन् ।

विश्वका करिब ४० देशका प्रतिस्पर्धीहरूको सहभागिता रहने प्रतियोगिता २९ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म थाइल्यान्डमा आयोजना हुनेछ । प्रतियोगितामा शाक्य नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन् ।

‘मिस्टर नेपाल २०२५’अन्तर्गत ‘मिस्टर ग्लोबल नेपाल’को उपाधि जितेसँगै शाक्यले यो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । उनलाई ‘मिस्टर नेपाल’को आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले थाइल्यान्ड पठाएको हो ।

शाक्य प्रतियोगितामा मौलिक नेपाली कला र संस्कृतिसहित प्रस्तुत हुन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए ।

प्रतियोगिताका लागि शाक्यले आवश्यक प्रशिक्षण तथा विभिन्न तयारी पूरा गरिसकेका छन् ।

‘मिस्टर ग्लोबल’ पुरुषहरूको सहभागिता रहने विश्वकै एक प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।