२८ आश्विन २०८३, बुधबार

पूर्वप्रधानन्यायाधीस पक्राउप्रति सांसद दुलालको प्रश्न– के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको विषय संसदमा प्रवेश गरेको छ ।

नेकपाका प्रमुख सचेतक युवराज दुललाले सरकारको रवैयाप्रति आपत्ति जनाउँदै सरकार अराजकताको बाटोमा हिँडिरहेको आरोप लगाएका हुन् ।

बिना पक्राउ पुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको उनको भनाइ छ ।

“यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदासदाको पेवाजस्तो सरकार चलाउन पाइदैन”, दुलालले भने ।

उनले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरे ।