२८ आश्विन २०८३, बुधबार

लखन्देही खोलाको बाढीले भाडसर खुटौनाको बस्ती डुबानमा, धान बालीमा क्षति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । लखन्देही खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट घेरेपछि बस्ती टापुजस्तै बनेको छ ।

यस्तै, मलङ्गवा–६ खुटौनाको केही भू–भाग समेत डुबानमा परेको छ भने हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली बाढीको पानीले डुबाएको छ ।

आइतबार लखन्देही खोलामा आएको बाढीले बाँध भत्किएको छ । बाँध भत्किएसँगै बाढीको पानी बस्ती तथा खेतीयोग्य जमिनतर्फ पसेको मलङ्गवा—६ खुटौनाका स्थानीय गफार खानले जानकारी दिए ।

बाढीले मलङ्गवा नगरपालिका–५ भाडसरलाई चारैतिरबाट घेरेपछि बस्ती टापुमा परिणत भएको छ । बस्तीमा आवतजावत गर्न समेत कठिनाइ भएको स्थानीयबासी विजय यादवले बताए ।

यस्तै, मलङ्गवा नगरपालिका–६ खुटौनाको केही भाग पनि बाढीको पानीले डुबानमा परेको छ । बाढीको पानी बस्ती तथा खेतबारीमा पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण ठूलो क्षेत्रफलमा लगाइएको धान बाली समेत डुबानमा परेको छ । हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेत पानीमा डुबेपछि किसानले लगाएको बाली नष्ट हुने अवस्था आएको छ । धान बालीमा भएको क्षतिले किसानलाई ठूलो आर्थिक नोक्सानी हुने देखिएको छ ।

डुबान प्रभावित क्षेत्रमा बाढीको पानीको सतह बढ्दै गएमा थप बस्ती तथा कृषि क्षेत्र प्रभावित हुनसक्ने स्थानीयको चिन्ता छ । प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा तत्काल राहत र क्षतिको विवरण संकलन गर्न सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ ।