२८ आश्विन २०८३, बुधबार

कांग्रेसभित्र देखिएको मतभेद लामो समयसम्म कायम रहँदैन : मोहन बस्नेत

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समयसम्म कायम रहन नसक्ने बताएका छन् ।

आइतबार कांग्रेस इत्तर पक्षका कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै नेता बस्नेतले स्थानीय निर्वाचनपछि कार्यकर्ताको दबाबका कारण पार्टीका दवै समुहबीच एकता हुने र मिलेर अघि बढ्नुको विकलप नरहेको बताए ।

बस्नेतले पार्टीभित्र देखिएको वर्तमान अवस्थाबारे कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध र संगठनप्रतिको प्रतिबद्धताले आगामी दिनमा पार्टीको दिशा तय गर्ने धरणा राखे ।

नेता बस्नेतले कार्यकर्ताको दबाब र चाहनाअनुसार पार्टीभित्रका दुवै समूह एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना हुने दाबी गरे । उनले आपसी मतभेदलाई निरन्तरता दिनुभन्दा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय निर्वाचनपछि उत्पन्न हुने राजनीतिक परिस्थितिले पार्टीका दुवै समूहलाई पुनः सहकार्यको अवस्थामा पुर्‍याउने दाबी गरे े। कार्यकर्ताको दबाब बढ्दै गएपछि दुवै समूहबीच मिलन अपरिहार्य हुने उनको भनाइ थियो ।

उनले पार्टीको संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताए ।