२८ आश्विन २०८३, बुधबार

बागलुङको ताराखोलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । बागलुङको ताराखोलामा गएराति पहिरोले घर पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका–५ धम्मरस्थित घरमाथिबाट खसेको पहिरोमा पुरिएर ६९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईँका अनुसार राति घरको पिँढीमा सुतिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरिएर रोकाको मृत्यु भएको हो । घरमा मनबहादुर र उनका वृद्ध बुबा सल्ले रोका बस्दै आएका थिए ।

घटनाका बेला बुबा छोरीको घरमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकका श्रीमती र छोराछोरी भने अर्कै घरमा बस्दै आएका थिए । पहिरो गएको खबर पाएलगत्तै पुगेको प्रहरी र स्थानीयको टोलीले शव बाहिर निकालेको थियो ।