काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले हालैको भोटेकोशी बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री साहले अहिलेको संकट स्थानीय कारणले नभई विश्वव्यापी जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताए । उनले विपद्पछिको चुनौतीपूर्ण अवस्था पार पाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल समेत गरे । उनले आफू महासभामा कुनै गुनासो गर्न नआउको बताए ।
प्रधानमन्त्री साहले नेपालले विपद् संकटलाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । ‘नेपालमा विपद्का कारण १४ सय बढी ज्यान गुमाएको छन् । यो विपद्लाई नेपाल भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन,’ उनले भने, ‘नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पूरा गरुन् भन्ने चाहान्छ ।’
उनले हिमाल र पर्यावरणको दिगो संरक्षणका लागि विश्व समुदायलाई एकजुट भएर सहकार्य गर्न आग्रह गरे ।











प्रतिक्रिया