२८ आश्विन २०८३, बुधबार

क्षेत्रीय अधिवेशनका लागि काँग्रेसले थप्यो तीन दिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशनका लागि तीन दिनको समय थप गरेको छ । काँग्रेसले १० गतेदेखि १३ गतेसम्म गर्ने गरी कार्यतालिकामा संशोधन गरेको हो ।

कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत निर्धारित समयमा वडा र पालिका अधिवेशन सम्पन्न नभएपछि प्रदेश-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको समय तीन दिन थपेको हो।

‘क्षेत्रीय अधिवेशनका तीन दिनको समय दिने निर्णय भएको छ,’ कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले भने, ‘मौसम प्रतिकुलताका कारण १० गतेका लागि निर्धारित समय सीमामा तीन दिन थपिएको छ।’