काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार एक सय रुपैयाँमा झरेको छ । बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर चार हजार ६ सय ५० रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको ४८ सय १५ रुपैयाँ थियो ।











प्रतिक्रिया