काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै असोज ९ देखि ११ गतेसम्म वाग्मती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको हो ।
कार्यालयले यात्रा गर्नै परे अतिरिक्त कपडा, खानेकुरा, पानी, प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि समेत बोक्न सुझाव दिएको छ । उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको हो ।
यस्तै बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला/नदी किनार नजिकका बासिन्दाहरू वर्षादको समयमा बढी चनाखो भई सुरक्षित स्थानमा स्थानीय तह र सुरक्षा निकायहरूसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।












प्रतिक्रिया