२८ आश्विन २०८३, बुधबार

अध्यक्षसँग मेरो असहमति छँदैछैन, भोलिदेखि त्यस्तो अनुभूति हुनेछैन : शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुनै असहमति नरहेको स्पष्ट पार्दै अध्यक्ष ओलीलाई त्यस्तो अनुभूति भएको भए भोलिदेखि नै त्यस्तो अवस्था नरहने विश्वास दिलाएका छन्।

केन्द्रीय कमिटीको बैठकमा मन्तव्य राख्दै पोखरेलले पार्टीभित्र असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने तथा अध्यक्षको असमतिमा आफू पार्टी अध्यक्ष नबन्ने स्पष्ट पारे।

उनले भने, ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदैछैन, तपाईंलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन। यो विश्वास दिलाउन चाहन्छु।’

पोखरेलले सँगसँगै बसेर काम गरिरहेको अवस्थामा अध्यक्षमाथि अभियोग लगाउने काम आफूबाट नहुनेसमेत बताएका छन्।

बहस नोट समितिमा रहेका नेता सूर्य थापाका अनुसार पोखरेलका मन्तव्यका तीन महत्वपूर्ण बुँदा यस्ता छन्-

१. ‘सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन।’

२. ‘पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ।’

३. ‘तपाईंको असमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ।’