काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा आफ्नो १३४ औं शाखा विस्तार तथा नयाँ भवनको समेत उद्घाटन गरेको छ ।
बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोही भवनबाट प्रदान गर्ने जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।
धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
क्याम्पस चोक धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।











प्रतिक्रिया