काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । यो वन यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआईका साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ । पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको ग्यालेक्सी एस२६ एफईले ग्यालेक्सी एस सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रमुख प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउनेछ ।”
कम्पनीका अनुसार ग्यालेक्सी एस२६ एफईले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ । यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिंगले स्थिर तस्वीरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ ।
नयाँ ग्यालेक्सी फोल्डेबलहरुमा प्रस्तुत गरिएको माई मेरो फ्यानक्याम अब ग्यालेक्सी एस२६ एफईमा पनि उपलब्ध छ । यसले चुनिएको व्यक्तिलाई आफै ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सीन अनुसार भिडियोको फ्रेमलाई मिलाउँछ । भिडियो खिच्दा तेर्सो लकसहितको सुपर स्टेडीले छिटो चलिरहेका गतिविधिहरूको भिडियोलाई अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ । ग्यालेक्सी एस२६ एफईमा ३ गुणा अप्टिकल जुम पनि रहेको छ, जसले टाढाबाट खिच्न अझ सहज बनाउँछ ।
ग्यालेक्सी एस सिरिजको विशेष सुविधा नाइटोग्राफीले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्छ र खिच्न गारो अवस्थामा समेत फोटोको डिटेलहरुलाई स्पष्ट राख्छ ।
कम्पनीका अनुसार नयाँ वन यूआई ९ का साथ ग्यालेक्सी एस२६ एफईमा दैनिक कामलाई अझ सजिलो बनाउने विभिन्न सहज र सन्दर्भ ग्यालेक्सी एआई सुविधा रहेका छन् । यसले ग्राहकको दैनिक रूटिन अनुसार आवश्यक जानकारी दिनुका साथै कामहरूलाई व्यवस्थित राख्न मद्दत गर्छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस २५ सिरिजमा प्रस्तुत गरिएको नाउ ब्रीफलाई पनि थप व्यक्तिगत बनाइएको छ । यसमा मौसम र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता आफूलाई चाहिने ब्रीफिङ कार्डहरू रोज्न सकिन्छ । ग्राहकहरूले सामान्य निर्देशन प्रयोग गरेर आफ्नै कार्ड पनि बनाउन सक्नेछन्, जसले दिनभरि नाउ ब्रीफलाई अझ उपयोगी बनाउनेछ ।
ग्यालेक्सी एस२६ एफई (८/२५६ जीबी)को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले १२ महिनाको मासिक किस्तामा मासिक ६ हजार रुपैयाँ र २४ महिनाको मासिक किस्तामा मासिक ३ हजार २५६ रुपैयाँबाट फोन खरिद गर्न सक्नेछन् ।
अपग्रेड अनुभव बढाउन सामसुङले अफरहरू समेत ल्याएको छ ।
एक्सचेन्ज बोनसः ग्राहकहरूले ८,००० सम्मको थप एक्सचेन्ज बोनसद्वारा डाउन पेमेन्टको रकम कम गर्न मद्दत गर्नेछ ।
गुगल एआई प्रो सब्सक्रिप्सनः ग्राहकहरूले १८,३५१ रुपैयाँ मूल्यको ६ महिना गुगल एआई प्रो सब्सक्रिप्सन निःशुल्क पाउनेछन् ।












प्रतिक्रिया