२८ आश्विन २०८३, बुधबार

कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा आज प्रक्रिया अघि बढाइनेछ ।

गत असोज १ गतेदेखि सुरु भएको वडा अधिवेशन आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वटा वडामा शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ ।

बाढी र पहिरोका कारण स्थगित भएका रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडाहरूमा आज अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।