काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक अहिले बिहान ९ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्दैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो ।
हिजो निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ ।
यसैगरी, केन्द्रीय कमिटीको बैठक आजै बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ ।
फागुनमा भएको निर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ ।











प्रतिक्रिया