२८ आश्विन २०८३, बुधबार

एमाले सचिवालय बैठक : कार्यदलको प्रतिवेदन स्वीकार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवालीले तयार पारेर एकीकृत गरिएको प्रतिवेदन स्वीकार गरेको हो ।

‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्‍यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्‍यो,’ उपमहाचिव लेखराज भट्टले भने, ‘आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’

सोमबार बस्ने बैठकमा केन्द्रीय समितिमा छलफल हुने एजेन्डाबारे छलफल हुने उनले जानकारी दिए ।