काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको झोरमा ग्राण्ड डेभलपर्स प्रालिले १ करोड ४० लाख रुपैयाँमा दुईतले घर निर्माण गरी बिक्री गर्ने योजना सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’मा कम्पनीले सस्तो मूल्यमा घर निर्माण गरी बिक्री गर्ने योजनाबारे जानकारी दिएको हो ।

ग्राण्ड डेभलपर्सका सञ्चालक आभास कुँवरका अनुसार करिब ३ आना क्षेत्रफलमा निर्माण हुने घरमा ३ बेडरुम, २ बाथरुम र एक कार पार्किङ सुविधा हुनेछ ।
घरको सामान्य मूल्य १ करोड ५० लाख रुपैयाँ रहे पनि प्रदर्शनी अवधिमा बुकिङ गर्ने ग्राहकलाई १० लाख रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘ग्राण्ड कोलोनी’मा कुल २०० घर निर्माण गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा ५० घर निर्माण गरिने सञ्चालक कुँवरले जानकारी दिए ।

घर बुकिङका लागि सुरुमै १० लाख रुपैयाँ बुझाउनुपर्नेछ भने बाँकी रकम दुई वर्षभित्र क्रमशः भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्रदर्शनीमा योजनाबारे जानकारी लिन ग्राहकको उल्लेख्य आकर्षण देखिएको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया