२८ आश्विन २०८३, बुधबार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका–१९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटर चलाएर खेतमा पानी लगाउने क्रममा आज दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जीव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना ४ ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताए । सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।