काठमाडौं । रेयर माल्ट केवल एउटा लेबल वा वर्गीकरण होइन, यसले व्हिस्कीको वास्तविक उत्पत्तिको कथा बताउँछ र नयाँ पुस्ताका पेयप्रेमीहरू यही कथाप्रति आकर्षित हुँदै गएका छन् ।
स्कच व्हिस्कीका पाँचवटा कानुनी रूपमा परिभाषित श्रेणी छन्– सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच । यी सबैका आफ्नै स्पष्ट परिभाषा भएको कम्पनीले जनाएको छ ।
रेयर माल्ट भने यो सूचीमा पर्दैन र यो कहिल्यै कानुनी श्रेणीका रूपमा नरहेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार रेयर माल्टको आधार कानुनी वर्गीकरणभन्दा फरक एउटा परम्परामा छ– जहाँ मुख्य कुरा छनोट हो । स्कच व्हिस्कीका औपचारिक श्रेणीहरूले प्रयोग भएका सामग्री र उत्पादन गर्ने डिस्टिलरीमा जोड दिन्छन् भने रेयर माल्टको पहिचान ती मास्टरहरूले गर्छन्, जसले व्हिस्की छनोट गर्छन्– नियमित र भरपर्दो कास्कभन्दा असाधारण कास्कको खोजीमा ।
विश्वभर मानकीकृत ब्रान्डहरूको विस्तार हुनुअघि परम्परागत व्हिस्कीको केन्द्रमा त्यसको आफ्नै चरित्र हुन्थ्यो । कुनै पनि दुई ब्याच ठ्याक्कै उस्तै हुँदैनथे, र त्यही नै त्यसको विशेषता थियो । तर समयसँगै त्यो विशिष्टता मानकीकरणको प्रक्रियामा हराउँदै गयो । ब्लेन्डेड स्कचमा हरेक थोपा उस्तै स्वाद र शैलीमा रहने गरी उत्पादन गरिन थाल्यो ।
कम्पनीका अनुसार समय बित्दै जाँदा उपभोक्ताले अझ गहिरिएर व्हिस्की बुझ्न थाले र स्वाद तथा चरित्रमा थप विशिष्टता खोज्न थाले । सिंगल माल्टको पछिल्लो लोकप्रियता पनि यही परिवर्तनको एउटा प्रमाण हो । र अहिले, व्हिस्कीप्रेमीहरूको ध्यान रेयर माल्टतर्फ मोडिँदैछ– आफ्नो शिल्पमा दक्ष मास्टरहरूले सावधानीपूर्वक छनोट गरेका माल्टहरूको यस्तो समूह, जसको पहिचान यसको विशिष्ट उत्पत्ति, बलियो चरित्र र दोहोरिन नसक्ने दुर्लभताले गर्ने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया