काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना (होम लोन) सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले बेस रेटमा ०.२५ प्रतिशत थप गरेर घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन । घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विशेष घर कर्जा योजना कात्तिक मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछ । यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन् । साथै, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।











प्रतिक्रिया