२८ आश्विन २०८३, बुधबार

सन नेपाल लाइफको ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ ल्याएको छ ।

बिहीबार एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बीमा योजना सार्वजनिक गरेका हुन् । कम्पनीका उच्च व्यवस्थापन कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजनालाई शुभारम्भ गरिएको हो ।

कम्पनीले १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसहरूका लागि थोरै लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले यो नयाँ योजना प्रस्तुत गरेको हो ।

विशेष गरी युवा अवस्थामा रहेका परिवारका संरक्षकहरूको व्यावसायिक दायित्व र पारिवारिक दायित्वलाई सन्तुलनमा राखी आर्थिक सुरक्षा प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो बीमा योजना कम्पनीका सम्पूर्ण शाखा कार्यालयका साथै डिजिटल माध्यमबाट पनि सहजै खरिद गर्न सकिन्छ र डिजिटल माध्यमबाट खरिद गर्न सकिनेछ ।

योजनाका विशेषता तथा सुविधा

यस योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि आयश्रोतका आधारमा जतिसुकै रकमसम्मको बीमाङ्क चयन गर्न सकिनेछ । बीमा शुल्क भुक्तानी मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा गर्न सकिने सुविधा रहेको छ ।

बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत रकम दाबी भुक्तानी हुनेछ । यसका साथै ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च र १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि समेटिएको छ ।