काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)देखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९ सम्म रहने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार र रङ पहिलैकै जस्तो हुनेछ । नोटमा गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ । नोटको सिरिजमा विसं २०८२ उल्लेख छ ।
नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुराँसको पानी छाप राखिएको छ । पानी छापमा ‘५०’ अंक समेत हुनेछ । नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ जसमा ‘अंग्रेजीमा एनआरबी’ लेखिएको छ । पृष्ठभागमा हिउँ चितुवाको चित्र राखिएको छ ।











प्रतिक्रिया