२८ आश्विन २०८३, बुधबार

तीन वर्षपछि पहिलोपटक अमेरिकी ब्याजदरमा वृद्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी ब्याजदर बढाइएको छ ।

मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयासस्वरूप यसलाई अझै बढाउन सकिने सम्भावना छ ।

ब्याजदर घटाउनुपर्ने माग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा विरोध गरेता पनि फेडरल रिजर्भ (फेड)ले सर्वसम्मत रूपमा ब्याजदर ३.५ प्रतिशत–३.७५ प्रतिशत बाट बढाएर ३.७५ प्रतिशत–४ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ ।

फेडका अध्यक्ष केभिन वार्सले यो कदम चाल्नुको कारण ‘मुद्रास्फीति अत्यधिक हुनु र लामो समयदेखि उच्च रहनु’ रहेको बताएका छन् । उनले यसलाई ‘गम्भीर’ र ‘जिम्मेवारपूर्ण निर्णय’को रूपमा समेत उल्लेख गरे । निर्णय सार्वजनिक भएपछि ट्रम्पले वार्सप्रति समर्थन जनाए पनि ब्याजदरसम्बन्धी निर्णयमा मतदान गर्ने फेड बोर्ड ‘विरोधी’ रहेको टिप्पणी गरे ।

उच्च ब्याजदरले ऋण, धितो कर्जा र क्रेडिट कार्ड लिन चाहनेहरूका लागि कर्जा महँगो बनाउँछ, तर यसले बचतमा भने राम्रो प्रतिफल दिलाउन सक्छ । निर्णयपछि आयोजित बुधबारको पत्रकार सम्मेलनमा वार्सले फेडको नेतृत्वमा ‘आशावादी दृष्टिकोण’ रहेता पनि मुद्रास्फीति अझै पनि चुनौतीकै रूपमा रहेको बताए ।

धेरैजसो केन्द्रीय बैंकहरूजस्तै फेडको पनि मुद्रास्फीतिलाई २ प्रतिशत वा सोभन्दा कममा सीमित राख्ने लक्ष्य छ । वार्सले अमेरिकी मुद्रास्फीति ‘पाँच वर्षभन्दा बढी समयदेखि’ लक्ष्यभन्दा माथि रहेको औंल्याए ।

यसले अमेरिकी मतदाताहरूका लागि ‘क्रयशक्ति’लाई प्रमुख चिन्ताको विषय बनाएको छ । इरानसँगको अमेरिका-इजरायल द्वन्द्व सुरु भएयता थोक तेलको मूल्यमा भएको भारी वृद्धिका कारण इन्धनको मूल्य ह्वात्तै बढेको छ, जसका कारण अन्य धेरै वस्तु तथा सेवाहरूसमेत महँगा भएका छन् ।