काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली युवकले चलाएको कारको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ ।
सिड्नीको अर्बनमा नेपाली युवक २७ वर्षीय सन्दीप अधिकारीले चलाएको कारको ठक्करबाट बालिकाको ज्यान गएको हो ।
प्रहरीले सन्दीपलाई पक्राउ गरेको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ ।
सन्दीपले अदालतमा कुनै जवाफ भने दिएका छैनन् । अधिकारी अहिले जमानतमा छन् । उनलाई आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।











प्रतिक्रिया