२८ आश्विन २०८३, बुधबार

नेपालको आफ्नै बहुक्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म ‘यतीडिलडटकम’ सञ्चालनमा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको डिजिटल व्यापार तथा ई–कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ नेपालको आफ्नै बहु–क्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म यतीडिलडटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

पूर्ण रूपमा स्वदेशी लगानीमा स्थापित यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘यति सस्तो, यति छिटो’भन्ने नारासहित सञ्चालनमा आएको यतीडिलडटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, नेपाली उत्पादन तथा उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष ‘मेड इन नेपाल’श्रेणी समेत समावेश गरिएको छ।

ग्राहकलाई भरपर्दो र द्रुत सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरका प्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारहरूमार्फत सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले सिंगापुरस्थित नियोभिन प्राइभेट लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै व्यवस्थापन परामर्श तथा व्यवसाय विस्तारका क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव उपयोग गर्ने जनाएको छ । यस सहकार्यले नेपालको डिजिटल वाणिज्य क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कम्पनीका अनुसार विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई लक्षित गर्दै प्लेटफर्ममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू एकीकृत गरिएको छ । यसमार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तुहरू सहज रूपमा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

सुरुवातको अवसरमा कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ । नयाँ प्रयोगकर्ताले दर्ता गर्दा १०० रुपैयाँ बराबरका यतीडिल पोइन्ट प्राप्त गर्नेछन् भने प्रत्येक खरिदमा निःशुल्क उपहार उपलब्ध हुनेछ । साथै, निश्चित खरिद रकममा नेपाल फुटबल जर्सी, गुणस्तरीय छाता तथा फिफा आधिकारिक फुटबल समेत उपहार स्वरूप प्रदान गरिने जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ‘हातमाथि हात, बाढीपीडितलाई यतीडिलको साथ’ अभियान सञ्चालन गर्दै २०२६ नोभेम्बर १५ सम्म प्लेटफर्ममार्फत हुने सम्पूर्ण कारोबारबाट प्राप्त रकमको २ प्रतिशत हिस्सा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार यतीडिलडटकमलाई जैन ग्रुपको अनुभव, आपूर्ति सञ्जाल, ग्राहक सेवा तथा लजिस्टिक क्षमताले सशक्त बनाएको छ । कम्पनीले गुणस्तर, गति र किफायती मूल्यलाई प्राथमिकतामा राख्दै नेपालको ई–कमर्स क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।