काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको ५६४ औं बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) जसमा ३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्ने जनाएको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा, १९३ एटिएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया