काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक जारी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता भीष्म आङदेम्बेको आह्वानमा सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा भोटेकोशी बाढी र त्यसकोपछि पीडितको उद्वार, राहत लगायका विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा कांग्रेसबाट संसदीय दलका नेता आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल, श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन्।











प्रतिक्रिया