२८ आश्विन २०८३, बुधबार

ई-पासपोर्ट मुद्दामा जर्मन कम्पनीका प्रतिनिधिलाई साधारण तारेखमा छाड्न आदेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ई-पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशद्वय नारायण पौडेल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जर्मन कम्पनी भेरिडोसका प्रतिनिधिलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

अख्तियारले ई–पासपोर्ट खरिदमा प्रकरणमा जर्मन कम्पनी भेरिडोसलाई पनि विपक्षी बनाएको छ। सुनुवाइका क्रममा नेपालका लागि जर्मन कार्यवाहक राजदूत बेन्जामिन सिडेल पनि अदालतमा उपस्थित थिए।

भेरिडोसमा जर्मन सरकारको पनि आंशिक स्वामित्व रहेको छ।