काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट लगातार तेस्रोपटक प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साल साउन ३२ (सन् २०२४ अगष्ट १६) देखि लागू हुनेगरी बैंक प्रमाणित भएकोमा २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको थियो ।
बैंक २०८३ साउन महिनामा भएको तेस्रो सर्भिलियन्स अडिटबाट २०८३ साल साउन ३२ (सन् २०२६ अगष्ट १६)देखि लागू हुनेगरी पुन प्रमाणित भएको हो । बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेको साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्नसक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्नसक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाणपत्र प्राप्तिको लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट समेत गरिएको थियो ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।











प्रतिक्रिया