२८ आश्विन २०८३, बुधबार

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक बिक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा उनीहरुका परिवारजन, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजा रुपैयाँसम्म नगद छुट पाउने छन् ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता ०७ सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई ०६ सेप्टेम्बर २०२७ सम्म कायम रहने बैंकले जनाएको छ ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत ३८ लाख भन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।