काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउने कार्यसूची रहेको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।











प्रतिक्रिया