२८ आश्विन २०८३, बुधबार

भिडिओ बनाउने क्रममा किशोरी महाकालीमा खसेर बेपत्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । भिडिओ बनाउने क्रममा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छिन् ।

दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदे नजिक भिडियो बनाउने नदीमा खसेर स्थानीय १५ वर्षीया सृष्टि सुनार बेपत्ता भएकी हुन् । उनी नदीमा खसेको भिडिओसमेत सार्वजनिक भएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।