२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदै छ ।

आज देशभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

तस्वीरहरु : सक्षम घिमिरे/कुशल बस्ताकोटी