२८ आश्विन २०८३, बुधबार

अहिले म फिल्डमै छु, सरकारले भनेजस्तो उद्धार टोली परिचालन गरिएको छैन : हर्क साम्पाङ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले भनेजस्तो सुरक्षाकर्मी उद्धार टोली परिचालन नगरिएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

अहिले आफू बाढी प्रभावित क्षेत्र नुवाकोटको बेत्रावतीमा रहेको भन्दै उनले लेखेका छन्–

अहिले म फिल्ड मै छु ! सरकारले भने जस्तो सुरक्षाकर्मी उद्धार टोली परिचालन गरिएको छैन ! बेत्रावती क्षेत्रमा घरहरुबाट जीवन निकाल्ने कार्य तीव्र गरियोस् ! आज म बेत्रावती पुग्नु ! एक व्यक्तिको जीवित उद्धार गरिनु ! संयोग हुनसक्छ तर मैले सरकारलाई ध्यानाकर्षण गराउन चाहेको छु ! सबैतिरको प्रहरी बाढीग्रस्त क्षेत्रमा केन्द्रित गर्नु !