२८ आश्विन २०८३, बुधबार

कैलालीको भुइयाँफाटाबाट पेस्तोल र चरेश बरामद

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ पुरानो भुइयाँफाटास्थित तीनकुनेबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुइयाँफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले पेस्तोल र चरेश बरामद गरेको हो ।

सडकको छेउको झाडीमा मानिस बोलेको आवाज सुनेपछि सो टोलीले टर्चलाइट बालेर हेर्दा केही व्यक्तिहरु फरार भएपछि उक्त स्थानमा खानतलासी गर्दा कालो प्लाष्टिकले बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल तथा अन्दाजी एक किलो चरेश फेला पारेको हो ।

बरामद पेस्तोल तथा चरेश आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।