पोखरा। कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुईजनाको मृत्यु भएको छ । दुईजनाको भने सकुशल उद्धार गरिएको हो ।
शुक्रबार बिहान करिब ५ बजे पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको थियो ।
मृत्यु हुनेमा भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डे रहेका छन् ।
कारमा सवार भारतीय नै २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरी उपचारको लागि पोखरास्थित जीएमसी अस्पताल पुर्याएका छन् ।
उनीहरूको उपचार भइरहेको छ ।











प्रतिक्रिया