२८ आश्विन २०८३, बुधबार

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको बिहीबार बसेको सञ्चालक समितिको ३५१ औं बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा चुक्ता पुँजी रहेकोमा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २० औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।

काठमाडौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएमसहित ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।