२८ आश्विन २०८३, बुधबार

महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अल्पकनीय र अत्याधिक मात्रामा जनधनको क्षति पुगेको छ । यस विषम परिस्थितिलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी कुल ५१ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ । यस विपत्तिको घडीमा जीवन गुमाएका सम्पूर्णप्रति बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गरेको छ । साथै, शोकसन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दै बैंकले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ ।

महालक्ष्मी विकास बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनस्थपनाको लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुबाट भइरहेको प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।