२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेन र नेकपा नेता वर्षमानबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनबीच आज (बिहीबार) भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

यस क्रममा प्रधानमन्त्री बालेन र नेकपा नेता पुनबिच हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिका खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।

यस्तै उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ। यता नेकपा नेता पुनले चाहिँ भेटमा भोटेकोशीमा बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको बताएका छन्।

‘रसुवा भोटेकोसी बाढीको प्रलयमा परी बेपत्ता रोल्पाका २५ जना सहितका बेपत्ता सबै नागरिकको खोजी, उद्धार एवं तत्कालीन र दीर्घकालीन गरी १८ बुँदे सुझाव दिएको छु’, भेटपछि नेता पुनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए। उनीहरूबीच भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको छ।