काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन सेक्युरिटिज प्रालिले २ लाख ११ हजार १ सय ११ रुपैयाँ मात्र सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।
कम्पनीले भोटेकोशी बाढीबाट सिर्जित घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएको छ ।











प्रतिक्रिया