२८ आश्विन २०८३, बुधबार

उपत्यकामा २४ घण्टामा ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म गरिएको चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना र सीसीटीभी निगरानीमार्फत ५४ जना रहेका छन् ।

त्यस्तै, रातो बत्ती मिच्ने ३०, तीव्र गतिमा चलाउने ३९, लेन अनुशासन उल्लङ्घन गर्ने २५, एकतर्फी सडकमा चलाउने ६, निषेधित क्षेत्रमा हर्न बजाउने ६ र सवारीको अवस्था ठिक नभएका १ जना चालक कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २९९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।