२८ आश्विन २०८३, बुधबार

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकार सामाजिक सञ्जालमा अल्झिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संवेदनशिल बन्न नसकेको र सरकार हल्लामा लागेको बताएका हुन् ।

सुरुवाति ७२ घण्टा महत्त्वपूर्ण हुने भए पनि सरकारले ध्यान नदिएको उनको भनाइ थियो। उनले प्रश्न गरे, ‘सरकारको असंवेदनशिलता र ढिलाइका कारण सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?’

अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’