२८ आश्विन २०८३, बुधबार

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन् ।

आइतबार बसेको सञ्चालक समितिको ५०६ औं बैठकले बैंकको संस्थापक समूहतर्फका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

डा. अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिव समेत हुन् ।

यसैबीच, अध्यक्ष अर्यालले आज नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसामु पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।