२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : आज ४३ विदेशी नागरिकसहित २०८ जनाको उद्धार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित विपद्मा परेका २०८ जनाको उद्धार गरेको छ ।

गत बुधबारदेखि भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढी प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकप्टरले आज दिउँसो २ः३० बजेसम्म ३८ जना चिनियाँ र ५ जना भारतीयसहित २०८ जना नागरिकको उद्धार गरेको हो । साथै, त्रिशूली–३ हाइड्रोपावरको सुरुङ (टनेल)मा फसेको टोलीको उद्धारका लागि अस्थायी रूपमा बसेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायतका सामग्री प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास गरिरहेको सेनाले जनाएको छ ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ७ हजारभन्दा बढी जनशक्ति खटिएर घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र शव व्यवस्थापनको काम गरिरहेको बताइएको छ ।