२८ आश्विन २०८३, बुधबार

श्रीमानले पढाएर प्रहरी जवान बनाए, तर प्रहरी सेवामा प्रवेश गरेलगत्तै प्रेमीसँग भागिन् पत्नी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सञ्जय मिश्रा

रौतहट । भारतको बिहार राज्यस्थित रोहतासबाट वैवाहिक सम्बन्धलाई लिएर चकित पार्ने घटना सार्वजनिक भएको छ ।

श्रीमान‍्को सहयोगमा पढाइ पूरा गरी बिहार प्रहरीमा जागिर पाएकी एक महिला जागिर तथा तालिम पूरा गरेपछि प्रेमीसँग फरार भएको घटना सार्वजनिक भएको हो ।

घटनामा श्रीमान् अजय सिंहले आफ्नी पत्नी अर्चनालाई पढाउनदेखि कोचिङ तथा विभिन्न परीक्षा दिलाउनसम्म आर्थिक तथा अन्य सहयोग गरेको दाबी गरेका छन् ।

विवाहपछि पत्नीको पढाइलाई निरन्तरता दिन अजयले शहर–शहर लगेर परीक्षा तथा प्रतिस्पर्धात्मक परीक्षामा सहभागी गराएको बताइएको छ । श्रीमान‍्को सहयोगमा अर्चनाले परीक्षा उत्तीर्ण गर्दै बिहार प्रहरीमा प्रहरी जवानको जागिर पाउन सफल भएको बताइएको छ ।

तर, प्रहरीको जागिर तथा तालिम पूरा गरेको केही महिनापछि अर्चना गहना तथा नगद लिएर आफ्ना प्रेमी विवेकसँग फरार भएको श्रीमानको आरोप छ ।

पत्नी सम्पर्कविहीन भएपछि अजय न्याय माग्दै प्रहरी कार्यालय र एसपी कार्यालय पुगेका छन् । उनले आफूले पत्नीको भविष्य बनाउन गरेको मेहनत र त्यागपछि यस्तो अवस्था आएको भन्दै घटनाको छानबिन गरी न्याय दिलाउन माग गरेका छन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ । यद्यपि, अर्चना र विवेकमाथि लगाइएको आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

श्रीमान‍्को त्याग र सहयोगबाट सफलताको शिखरमा पुगेपछि वैवाहिक सम्बन्धमा आएको यस्तो विवादले सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया निम्त्याएको छ । कतिपयले यसलाई श्रीमानको त्यागमाथिको धोका भनेका छन् भने कतिपयले घटनाको वास्तविकता अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन् ।

यस्ता घटनाले महिला शिक्षा र आत्मनिर्भरतालाई नै प्रश्न गर्नेभन्दा पनि वैवाहिक सम्बन्धमा विश्वास, जिम्मेवारी र पारस्परिक सम्मानको आवश्यकता झन् महत्वपूर्ण रहेको देखाउने टिप्पणी समेत भइरहेका छन् ।