२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी : भेटिएका शव सड्न थालेपछि डिएनए राखेर जमिनमुनि गाडिँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि नवलपुरका विभिन्न स्थानमा फेला परेका तर पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गरिने भएको छ ।

शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । शवहरूको फोटो र डिएनएको नमुना लिएर मात्र व्यवस्थापन गर्न लागिएको हो ।

शव व्यवस्थापनका लागि भरतपुर–१ स्थित रामनगर देवघाट सडकको बीच जंगल क्षेत्रलाई शव व्यवस्थापन गर्ने स्थलको रूपमा चयन गरेको छ ।

जंगल क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक कार्य समेत सुरु गरिएको छ ।

चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये ८ वटा मात्र पहिचान भएका छन् भने २२५ शव अझै पहिचान हुन सकेका छैनन् ।

शवका अवशेष सड्नेगल्ने अवस्थामा पुगेकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तत्काल व्यवस्थापन गर्ने निर्णय गरेको हो ।