२८ आश्विन २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो ।

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।

बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।